Connect with us
Kapilvast Forest

आईपीएलमा हैदरावादको लगातार तेस्रो जित

२०७९, ३ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले लागातार तेस्रो जित निकालेको छ ।सुरुका दुई खेल हारेको हैदरावादले लगातार तेस्रो जित निकालेको हो । शुक्रबार भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले हराएको हो ।

 

मुम्बईमा भएको खेलमा कोलकाताले दिएको १७६ रनको लक्ष्य हैदरावादले १७.५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेटायो ।हैदरावादको जितका लागि राहुल त्रिपाठीले सर्वाधिक ७१ रन र एडेन मार्करमले ६८ रनको अर्धशतकीय योगफल बनाए । कप्तान केन विलियमसनले १७ रनको योगदान गरे । कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट र प्याट कमिन्सले एक विकेट लिए ।

 

पहिले ब्याटिङ गरेको कोलकाताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । नितेश रानाले ५४, आन्द्रे रसेलले अविजित ४९ र कप्तान श्रेयस यैरले २८ रनको योगदान गरेका थिए ।हैदरावादका थनगार्सु नटराजनले तीन, उमरान मलिकले दुई, भूवनेश्वर कुमार, मार्को जेसन र जगदिस सुचितले समान एक/एक विकेट लिए ।

लगातार तेस्रो जित निकालेपछि हैदरावाद ६ अंकका साथ सातौं स्थानमा उक्लिएको छ । यसअघि हैदरावाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग ६१ रन र लखनउ सुपर जायन्टसँग १२ रनले पराजित भएको थियो । त्यसपछि तेस्रो, चौथो र पाँचौं खेलमा क्रमश: चेन्नेइ सुपर किंस, गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै ६ अंक जोड्न सफल भएको हो ।

आज आईपीएलका दुई खेल हुँदैछन् । दिउँसो पौने ४ बजे मुम्बइ इन्डियन्स र लखनउ सुपर जायन्ट र राति पौने ८ बजे दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंल्लोरबीच खेल हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu