Connect with us
Kapilvast Forest

मेनपावरमार्फत नौ महिनामा सवा दुई लाख विदेशिए

२०७९, १५ बैशाख बिहीबारमा प्रकाशित

 

 

काठमाडौं- कोभिड संक्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो ।

वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड संक्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (मेनपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो संख्या ३७ हजार ४०६ मात्र थियो । गत वर्ष साउन र भदौमा कुनै पनि मेनपावरले युवा विदेश पठाउन पाएका थिएनन् । गत वर्ष खाडी तथा मलेसियाको विकल्पमा नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ मेनपावरको कारोबार नै शून्य भएको थियो । कोरोना संक्रमणका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जाने मात्र नभई मेनपावरमा कार्यरत हजारौ कर्मचारीले समेत रोजगारी गुमाएका थिए ।

गत वर्ष कोरोना संकटका कारण वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका ८ सय ५४ मेनपावर कम्पनीमध्ये २ सय ५१ कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन सकेनन् । कोरोना संक्रमणका कारण श्रम गन्तव्यबाट नेपाली श्रमिकको माग नआएपछि सानो लगानीमा सञ्चालनमा रहेका मेनपावर कम्पनी संकटमा परेका छन् । व्यवसाय सञ्चालन गर्न २ करोड धरौटी राखेर इजाजतपत्र लिएको भए पनि श्रम गन्तव्यले माग नपठाउँदा २ सय ५१ कम्पनीको कारोबार नै शून्य भएको थियो ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu