Connect with us
Kapilvast Forest

आईपीएल क्रिकेटमा दिल्लीले काेलकातालाई चार विकेटले हरायाे

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौै- इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको छ ।

मुम्बईमा कोलकाताले दिएको एक सय ४७ रनको लक्ष्य दिल्लीले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । दिल्लीका लागि डेभिड वार्नरले ४२ र रोवमन पावेलले नटआउट ३३ रन बनाए । बलिङतर्फ कोलकाताका उमेश यादवले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले नितिश रानाको ५७ रनकाे मद्दतमा एक सय ४६ रन बनाएको थियो । उसलाई मध्यम स्कोरमा समेट्न दिल्लीका कुलदीप यादवले चार र मुस्ताफिजुर रहमानले तीन विकेट लिए।

जितसँगै दिल्ली आठ खेलमा आठ अङ्कसहित छैटाैँ स्थानमा पुगेको छ । आठ खेलमा ६ अङ्क रहेको कोलकाता आठौँ स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu