Connect with us
Kapilvast Forest

कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौै -३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले सबैभन्दा बढी प्रमुख पदमा उम्मेदवार उठाउने दल बनेको छ ।निर्वाचन आयोगमा देशभरबाट परेको उम्मेदवारको मनोनयनको बिहीबार राति प्राप्त सूचीअनुसार ७ सय ५३ स्थानीय तहमध्ये नेकपा एमालेले ७ सय ३८ पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले भने ६ सय ४६ पालिकामा मात्रै प्रमुख पदमा उम्मेदवारी दिएको छ ।

आयोगको सूचीअनुसार कांग्रेसले १ सय ७ पालिका प्रमुख र एमालेले १५ पालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छैन । एमालेका तर्फबाट स्थानीय तहको प्रमुखमा २ सय ९१ जनाको उम्मेदवारी पर्दा उपप्रमुख पदमा २ सय ८६ जनाको उम्मेदवारी परेको छ । यसैगरी, कांग्रेसकोतर्फबाट परेको उम्मेदवारीको सूचीअनुसार स्थानीय तहको प्रमुख पदमा २ सय ६५ र उपप्रमुखमा सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट २ सय १८ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, पालिका अध्यक्षमा एमालेका तर्फबाट ४ सय ४७ र उपाध्यक्षमा एमालेको ४ सय ४५ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै, कांग्रेसकातर्फबाट भने पालिका अध्यक्षमा ३ सय ८१ र उपाध्यक्षमा ३ सय ६० जनाको उम्मेदवारी परेको छ ।

एमालेबाट कुल पालिका प्रमुख ७३८ उम्मेदवारी परेको छ । जसमा प्रमुख २९१, अध्यक्ष ४४७, वडाध्यक्ष ६५२२ उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसबाट कुल पालिका प्रमुख ६४६ मा प्रमुख २६५, अध्यक्ष ३८१, वडाध्यक्ष ६१४० उम्मेदवारी परेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu