Connect with us
Kapilvast Forest

आईपीएलमा लखनउसँग पञ्जाब २० रनले पराजित

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई हराएको छ ।

पुणेमा गएराति भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले हरायो । लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि जोनी बेयर्सटोले ३२ तथा कप्तान मायाङ्क अग्रवालले २५ रन बनाए । त्यस्तै ऋषि धवन २५ रनमा अविजित रहे ।

लखनउका मोसिन खानले ३ तथा दुश्मन्था चामिरा र कुर्नाल पाण्डेयले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । लखनउका क्विन्टन डी ककले ४६ तथा दिपक होडाले ३४ रन बनाए ।

पञ्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट लिए । लखनउको यो छैटौँ जित हो । लखनउ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लखनउको ९ खेलमा १२ अङ्क छ । सातौँ स्थानमा रहेको पञ्जाबको ९ खेलमा ८ अङ्क छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu