Connect with us
Kapilvast Forest

चन्द समूहका सबै उम्मेदवारको मनोनयन फिर्ता

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

 

पाल्पा — नेत्रविक्रम चन्द समूहबाट विद्रोह गरी पाल्पामा मनोनयन दर्ता गराएका सबैजसोले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुले प्रमुख राजनीतिक दलसँग ‘पदीय बार्गेनिङ’ गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

 

 

तिनाउ, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाका साथै तानसेन नगरपालिकामा चन्द समूहमा रहेका ८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका भुवन जिसीसहित अन्य स्वतन्त्र उम्मेदवारहरुले एमालेलाई समर्थन गर्ने जनाएका हुन् ।

उनीहरुले तिनाउ गाउँमा एमालेलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिएको अध्यक्षको उम्मेदवारी फिर्ता गरेका भुवन जीसीले बताए । निर्वाचन जितेमा दुई कार्यपालिका सदस्यमा मनोनयन गर्ने सहमतिपछि मनोनय फिर्ता लिएका हुन् । अन्य स्थानीय तहमा पनि पालिका जितेमा कार्यपालिकामा ल्याउने वा अन्य विभिन्न माग राखेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu