Connect with us
Kapilvast Forest

आईपीएल क्रिकेटमा काेलकाताले राजस्थानलाई हरायाे

२०७९, २० बैशाख मंगलवारमा प्रकाशित

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ ।

मुम्बईमा गए राति भएको खेलमा कोलकाताले राजस्थानलाई सात विकेटले हराएको हो । राजस्थानले दिएको एक सय ५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा तीन विकेट गुमाएर भेटायाे । कोलकाताका नितिश रानाले अविजित ४८ तथा रिन्कु सिंहले पनि अविजित ४२ रन जोडे । कप्तान श्रेयस एय्यर ३४ र बाबा इन्द्रजित १५ रनमा आउट भए । राजस्थानका प्रशिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र कुलदीप सेनले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले ५४ रनको अर्धशतकीय पारी खेले । कोलकत्ताका टिम साउथीले दुई विकेट लिए ।

जितसँगै कोलकाताले १० खेलमा आठ अङ्क जोडेको छ । कोलकाता तालिककाे सातौँ स्थानमा छ । समान खेलमा १२ अङ्क जोडेको राजस्थान तेस्रो स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu