Connect with us
Kapilvast Forest

जिम्बाबे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै, ३३ ओभरको खेल हुने

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

 

 

काठमाडौं-जिम्बाबे ‘ए’विरुद्धको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।त्रिवि मैदानमा पानी जमेपछि ढिला गरी टस भएको खेल ३३ ओभरमा झारिएको छ । खेल साढे १२ बजेदेखि सुरु हुँदैछ ।

 

आजको खेलमा नेपाली टिममा दुई परिवर्तन गरिएको छ ।यसअघि शनिबार भएको दोस्रो खेलमा नेपालले जिम्बावे ‘ए’लाई ९ विकेटले पराजित गरेको थियोे । त्यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । आजको नतिजाबाट शृंखला विजेताको टुंगो लाग्नेछ ।

तीन खेलको टी-२० शृंखलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृंखलामा दुवैले एक-एक खेल जित्दै शृंखला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu