Connect with us
Kapilvast Forest

आईपीएलमा बेङ्ग्लाेरले गुजरातलाई हरायो : ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरले गुजरात टाइटन्सलाई हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा बेङ्ग्लाेरले शीर्ष स्थानको गुजरातलाई ८ विकेटले हराएको हो । जितसँगै बेङ्ग्लाेरले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ । गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य बेङ्ग्लाेरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो ।

बेङ्ग्लाेरका विराट कोहलीले ७३ रनको अर्धशतकीय पारी खेले । गुजरातका राशिद खानले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । गुजरातका कप्तान हार्दिक पान्डेयले अविजित ६२ रनको अर्धशतकीय पारी खेले ।

बेङ्ग्लाेरका जोश हाजलउडले २ विकेट लिए । बेङ्ग्लाेर १४ खेलमा १६ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ । गुजरात प्ले अफमा पुगिसकेको छ । शीर्ष स्थानमा रहेको गुजरातको १४ खेलमा २० अङ्क छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu