बजेटले बढायो क्यासिनोले तिर्नुपर्ने रोयल्टी
![](https://www.newscenternepal.com/wp-content/uploads/2020/03/cashino.jpg)
काठमाडौं-सरकारले क्याासिनोहरुले तिर्नुपर्ने रोयल्टीको दर बढाएको छ । आर्थिक विधेयक २०७९ले क्यासिनो सञ्चालकले वार्षिक रुपमा ५ करोड राजस्व रोयल्टीबापत तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो राजस्वको दर ४ करोड थियो ।
त्यसैगरी आधुनिक मेसिन र उपकरणबाट मात्रै खेलाइने खलका लागि इजाजतप्राप्त कम्पनीले वर्षमा एक रोड ५० लाख रोइली तिर्नुपर्ने भएको छ । यसअघि यस्तो राजस्वको एक करोड मात्रै थियो ।
सरकारले यस्तो क्यासिनो रोयल्टीको शुल्क पुस मसान्तभित्र ४० प्रतिशत, चैत मसान्तभित्र ७० प्रतिशत र बाँकी रकम असार मसान्तभित्र तिरिसक्नुपर्ने गरी नयाँ व्यवस्था पनि गरेको छ ।
![Vijay Steel](https://www.newscenternepal.com/wp-content/uploads/2020/06/details-page-footer-ad.gif)
![Galaxy Crusher Chandrauta Kapilvastu](https://www.newscenternepal.com/wp-content/uploads/2020/06/galaxy-crusher-ad.jpg)