Connect with us
Kapilvast Forest

यस्तो छ मेयर बालेनले पहिलो कार्यपालिका बैठकबाट गराएका निर्णय

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

 

काठमाडौं – नयाँ जनप्रतिनिधि आएपछि बसेको काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

काठमाडौंको फोहोर व्यवस्थापन नगरी जितको खुसीयाली नमनाउने निर्णय गरेका नवनिर्वाचित मेयर बालेन साहले पहिलो बैठकबाट फोहोर व्यवस्थापनका लागि पहल थालेका हुन्। आफ्नै नेतृत्वमा समिति गठन गरेका साहले उपप्रमुख सुनिता डंगोल र केही वडाध्यक्षलाई समितिमा राख्ने भएका छन्।

कार्यपालिका बैठकले सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने मेयर साहको प्रस्ताव पनि अनुमोदन गरेको छ।

कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न ७ दिनभित्र कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ। बैठकले निजी रेस्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ । कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu