Connect with us
Kapilvast Forest

बहादुरगंज आँखा अस्पतालद्धारा जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

कपिलवस्तु-
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजले शिवराज नगरपालिका र बुद्धभुमी नगरपालिकाका जनप्रतिधिनीहरुलाई बधाई ज्ञापन गरेको छ ।

नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अस्पताल व्यवस्थापन समितीका सदस्य रेशम बहादुर खड्काले बुद्धभुमी नगरपालिकाका मेयर केशब कुमार श्रेष्ठ र उप मेयर मीरा थारुलाई उहाँहरुको कार्यकक्ष बुद्धभुमी नगरपालिका पुगेर खादा ओढाएर र बधाई पत्र बुझाएर बधाई ज्ञापन गर्नु भएको हो ।

त्यसैगरी उपसभाति खड्काले बुद्धभुमी नगरपालिका वडा नं. १ देखि १० सम्मका वडा अध्यक्षहरु क्रमशः तेज बहादुर बस्नेत,सुरज प्रताप राणा,गोबिन्द प्रसाद आचार्य,सुशिल कुमार चौधरी,होम बहादुर थापा क्षेत्री,ऐलेन्द्र प्रसाद कुर्मी,शालिकराम यादब,कपिलदेब तिवारी,प्रमोद आचार्य र सन्दीप कुमार पाण्डेय लाई पनि खादा ओढार तथा बधाई पत्र मार्फत सम्मान ब्यक्त गर्नु भयो ।

यसै गरी छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजले शिवराज नगरपालिकाका जनप्रतिनिधीहरुलाई पनि बधाई ज्ञापन गरेको छ । सो क्रममा शिवराज नगरपालिकाका नव निर्वाचित मेयर अजय थापा र उपमेयर शिव कुमारी चौधरीलाई उहाँहरुकै कार्यकक्ष शिवराज नगरपािलकामा पुगेर नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उप सभापति रेशम बहादुर खड्काले खादा ओढाएर बधाई ज्ञापन गर्नु भयो ।

त्यसैगरी उहाँले शिवराज नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरुलाई पनि बधाई ज्ञापन गर्नु भएको छ । जस अनुसार वडा नं. १ का वडा अध्यक्ष खिम बिक्रम केसी, २ का रामबहादुर चौधरी,३ का टेकलाल सापकोटा,४ का नसीम अहमद खाँ,५ का नेत्र प्रसाद बेल्बासे,६ का माहेताब आलम खाँ,७ का अनुप कुमार चौधरी, ८ का रिजवान अहमद,९ का रामगोपाल चौधरी (थारु),१० का मन्जु मिश्र र ११ का रमेश्वर प्रसाद वर्मा लाई खादा तथा बधाई पत्रद्धारा बधाई ज्ञापन तथा शुभकामना दिनु भएको थियो ।

बधाई ज्ञापन कार्यक्रममा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज का प्रशासकीय अधिकृत जसराज विश्वकर्मा, नेशनल सर्जिकलका प्रोप्रराईटर तथा समाजसेबी नसरुल्लाह खाँ, ल्याब टेक्निसियन देबराज शर्मा,मधु खड्का लगायतको सहभागिता रहेको थियो ।

अस्पतालले यस अघि बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा,उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र बिजयनगर गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरुलाई बधाई ज्ञापन गरिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu