Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् ।स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षासहित प्रतिनिधि सभा निर्वाचन मिति’दयगत अनौपचारिक छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राखेका थिए ।‘प्रधानमन्त्री र प्रचण्डको मत एउटै छ, सके कात्तिक अन्तिम नभए मंसिर पहिलो साता प्रतिनिधि सभा निर्वाचन गरौं भन्ने उहाँहरूको मत छ,’ कांग्रेस स्रोतले भन्यो ।गठबन्धनको बैठकमा दसैं सकिए लगत्तै निर्वाचन कार्यक्रम सुरु गर्नेगरी निर्वाचन आयोगसँग प्रतिनिधि सभा निर्वाचनको मिति’दयगत परामर्श थाल्नुपर्ने विषयमा छलफल भएको थियो । सो छलफलअनुसार कात्तिक अन्तिमदेखि मंसिर पहिलो सातासम्मको समय सीमा’दयगत छलफल भएको हो ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले प्रतिनिधि सभा निर्वाचन’दयगत अनौपचारिक चर्चा र छलफल सुरु भएको जानकारी दिए ।‘प्रतिनिधि सभा निर्वाचन’दयगत बैठकमा औपचारिक एजेन्डा त बनेको छैन तर अनौपचारिक चर्चा र छलफल हुन थालेको हो, अहिलेको प्रतिनिधि सभाका सदस्यहरूको पदावधि समाप्त हुने मिति कहिलेलाई मान्ने भन्ने मूल कुरा अहिले चर्चामा छ,’ माओवादी केन्द्रका नेता पोखरेलले  भने ।यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत सोही मितिमा सम्पन्न भएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu