Connect with us
Kapilvast Forest

नेकपा (एस) ले मन्त्री परिवर्तन गर्ने

२०७९, २२ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र हाल कायम रहेको मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा नयाँ सेट पठाउने निर्णय गरेको बताए ।

 

‘मन्त्री परिवर्तन गर्ने निर्णय भएको छ । २४ घण्टाभित्र पुराना फिर्ता आउने र नयाँ साथीहरु सरकारमा जानु हुन्छ’ खनालले भने ।

 

देउवा मन्त्रिपरिषदमा एसको तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ रहेका छन् । त्यसैगरी भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका छन् ।

उप महासचिव गंगालाल तुलाधारले यस विषयमा अन्तिम निर्णय गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको बताएका छन् । ‘पार्टीको तर्फबाट मन्त्री हुनु भएको हो । पार्टीले आवश्यकता ठानुन्जेलसम्म उहाँहरु मन्त्री हुनुहुन्छ’ तुलाधारले भने, ‘त्यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu