Connect with us
Kapilvast Forest

विश्व वातावरण दिवसमा प्रभातफेरि एवं सरसफाइ

२०७९, २३ जेष्ठ सोमबारमा प्रकाशित

चितवन- विश्व वातावरण दिवसको अवसर विद्यार्थीहरुले प्रभातफेरि एवं सरसफाइ गरेका छन् । चितवनको भरतपुर–१६ स्थित नारायणी
विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आज बिहान प्रभातफेरि एवं विद्यालय वरपरको क्षेत्रमा सरसफाइ गरेका हुन् ।
वातावरण र संरक्षणसँग सम्बन्धित प्लेकार्ड र व्यानर बोकेका विद्यार्थीहरुले शिवघाट परिक्रमा गरेका हुन् । उनीहरुले शिवघाट क्षेत्रको सडक किनारमा फालिएका प्लाष्टिकजन्य फोहोरहरु समेत सब्कलन गरेका छन् ।

प्लाष्टिकजन्य फोहोरका कारण वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यार्थीहरुले सचेतनामूलक प्रभातफेरि एवं सरसफाइ कार्यक्रम गरेको जनाएका छन् । विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष थानेश्वर गौतमले विद्यार्थीहरुलाई संरक्षण शिक्षा दिन सकेको खण्डमा समाज र देश परिवर्तन हुने भएकाले विश्व वातावरण दिवसको दिन समुदायमा समेत सरसफाइ गरिएको बताउनुभयो ।

विद्यार्थीहरुलाई पढाइको अतिरिक्त वन जब्गल संरक्षण, नदीनालाको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने शिक्षा दिनुपर्ने समेत
गौतमले बताउनुभयो । सामुदायिक सरसफाइ कार्यक्रम विश्व वातावरण दिवसको दिनमा मात्रै सीमित नपारी यसलाई नियमित कार्यक्रम बनाउँदै निरन्तरता दिने समेत उहाँको भनाइ छ ।

यसैबीच, नारायणी विद्यामन्दिर माध्यमिक विद्यालयले विश्व वातावरण दिवसकै अवसर पारेर भरतपुर–१६ का नवनिर्वाचित जनप्रतिनिधि तथा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका शैक्षिक संयोजक बलराम गौतमले हरितगृह प्रभावका कारण पृथ्वीको वातावरण बिग्रिदै गएको बताउनुभयो । पृथ्वीको संरक्षणका लागि सामुदाय स्तरबाट सबै जना एकजुट भएर लाग्नुपर्नेमा गौतमले जोड दिनुभयो ।

सो कार्यक्रममा भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले आफू निर्वाचित भएर आएपछि आफ्नो वडालाई हरियाली वडा बनाउनका लागि सधैँ तत्पर भएर लागिपरेको बताउनुभयो । टोलमा वृक्षरोपण अभियान सुरु भएको उल्लेख गर्दै हमालले सो अभियानलाई वडाभर सञ्चालन गरिने बताउनुभयो । दिवसको दिनमात्रै नभएर सधैँभरि वतावरणलाई स्वच्छ र सफा राख्नका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको हमालको भनाइ छ ।

१६ नम्बर वडा कार्यालयले संस्थागत र सामुदायिक विद्यालयलाई समान दृष्टिकोणबाट हेर्ने भन्दै वडाको शैक्षिक विकासका लागि सहकार्य गर्न सधैँ तयार रहेको वडाध्यक्ष हमालले बताउनुभयो । शिक्षामा आमूल परिवर्तन भएमात्रै वडाको  कास हुने भन्दै वडाध्यक्ष हमालले शैक्षिक गुणस्तर बढाउन विद्यालयलाई आग्रह गर्नुभयो । सो कार्यक्रममा वडाध्यक्ष हमालसहित वडा सदस्यहरु मिनबहादुर लामा, विष्णुप्रसाद दवाडी, महिला वडा सदस्य दुर्गा सोडारी रेग्मी र दलित महिला सदस्य सारिका सार्कीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णकुमार दवाडीसहितले स्वागत गर्नुभएको थियो

त्यस्तै, विद्यालयमा कक्षा १ देखि ९ सम्म नयाँ आएका विद्यार्थीहरुलाई वडाध्यक्ष हमाल, विद्यालयका अध्यक्ष दवाडीसहित शिक्षकहरुले स्वागत गर्नुभएको थियो । सो अवसरमा विद्यालयको विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए । स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष थानेश्वर गौतम, विद्यालयका कार्यकारी निर्देशक छविलाल शर्मा, विद्यालयका प्रिन्सिपल श्रीनिवास पौडेल, शैक्षिक संयोजक बेलराम गौतम, विद्यालय सञ्चालक समिति सदस्यहरु ऋषिराम दवाडी, दामोदर अधिकारी, नन्दप्रसाद भट्ट, शिक्षक अभिभावक संघका अध्यक्ष मुकुन्द आचार्य, भरतपुर–१६ को मोहन टोल सुधार समितिका अध्यक्ष नरेन्द्र खनाल, विद्यालयका परीक्षा संयोजक राजेन्द्र ढकालसहितका अतिथिहरुको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu