Connect with us
Kapilvast Forest

कपिलवस्तु कै ठुलो कभर्डहल सांसद र मेयरबाट संयुक्त सिलन्यास

२०७९, २४ जेष्ठ मंगलवारमा प्रकाशित

कपिलवस्तु- जगदीशपुरमा कपिलवस्तु कै सर्बाधिक ठुलो कभर्डहल सांसद र मेयरबाट संयुक्त सिलन्यास भएको छ। आर्थिक वर्ष २०७८र०७९ मा कपिलवस्तु नगरपालिका वडा नं ९ का लागि तर्जुमा भएको जगदिशपुर कभर्ड हल निर्माण योजनाको सिलन्यास कार्यक्रम एक भब्य उपस्थितिका बीच सम्पन्न भएको छ ।

 

उक्त सिलन्यास कार्यक्रम लुम्बिनी प्रदेश सभा सांसद विष्णु पन्थी र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख श्री सुदिप पौडेलले संयुक्त रुपमा गर्नुभएको छ । प्रदेश सभा सांसद विष्णु पन्थी ज्यूले सांसद विकास कोषबाट रु १० लाख विनियोजन गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । जसबाट जगदिशपुर कभर्ड हल निर्माण कार्यले थप गति लिने निश्चित भएको छ ।

यसैगरी नगर प्रमुख श्री सुदिप पौडेल ज्यूले कभर्ड हलको निर्माण सम्पन्न गरी उद्घाटन कार्य समेत छिट्टै नै गर्ने कुराको विश्वास दिलाउनु भएको छ । उक्त सिलन्यास कार्यक्रममा क ब न पा ९ का वडा अध्यक्ष श्री दीपक ब। गुरुङ लगाएत वडा नं ६, १० र ११ का वडा अध्यक्षको समेत उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu