Connect with us
Kapilvast Forest

इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब घोटाला : भीम रावल

२०७९, २४ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

‘अहिले हाम्रो देशमा जुन यो गाडीमा नम्बर प्लेट राख्ने कुरा छ । के नेपाल सरकारले जति बेला ठेक्का लगायो त्यो ठेक्का लगाउँदा त्यो ठेकेदार विश्वबैंकले कालोसूचीमा राखेको कम्पनी छ । त्यो बेला र अहिलेको त्यो रकम हेरौं झन्डै त्यसमा तीन, चार अर्ब रुपैयाँको त घोटाला हुने जस्तो देखिन्छ’ उनले भने ।

संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भएपनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।हाम्रो संविधानको धारा ७ बमोजिम देवनागरी लिपीमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने भन्या त्यो त सरकारले निर्णय गर्दा नेपाली भाषाको प्रयोग गर्नुपर्ने होइन र ?’ उनले प्रश्न गरे ।नेता रावलले विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिन नहुने पनि बताए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu