Connect with us
Kapilvast Forest

कर्णालीको नीति तथा कार्यक्रममा मेक इन कर्णाली घोषणा

२०७९, २४ जेष्ठ मंगलवारमा प्रकाशित

 

 

सुर्खेत – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख तिलक परियारले मंगलबार प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले अघि सार्दै आएको विकाससम्बन्धी ‘६ ब’ को अवधारणा बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्रलाई प्राथमिकताका साथ समावेश गरिएको छ ।

 

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरवृद्धि गरी स्वास्थ्य सेवातर्फ दक्ष जनशक्ति उत्पादन गर्ने नीति बनाइएको छ । मेक इन कर्णाली, मुख्यमन्त्री जीविकोपार्जन, मुख्यमन्त्री दलित आयआर्जन प्रवर्द्धन कार्यक्रम लगाएतका केही नयाँ कार्यक्रम यो वर्ष समावेश गरिएको छ । यो वर्षलाई प्रदेश सरकारले ‘कर्णाली वृक्षारोपण वर्ष’ का रुपमा मनाउने नीति लिएको छ ।

नीति तथा कार्यक्रममा अधिकांश पुराना कार्यक्रम दोहोरिएका छन् । मुख्यमन्त्रीसँग जोडिएर आएका अधिकांश पुराना कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । यसअघि लोकप्रिय मानिएको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिएको छ । कर्णाली उज्यालो कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu