Connect with us
Kapilvast Forest

इटालीले हंगेरीलाई हरायाे

२०७९, २५ जेष्ठ बुधबारमा प्रकाशित

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पहिलो जित निकालेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति हंगेरीलाई २-१ गोल अन्तरले हराउँदै इटालीले पहिलो जित निकालेको हो ।

इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो पेल्लिग्रिनीले एक एक गोल गरेका थिए ।
यस्तै इटालीकै जियानलुका मान्सिनीले आत्मघाती गोल गरे ।

खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा पेल्लिग्रिनीले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि ६१ औं मिनेटमा मान्सिनीले आत्मघाती गोल गरेपनि इटाली २-१ ले विजयी भयो ।

यस जितसँगै लिग ए समूह ३ को इटालीले २ खेलमा ४ अंक जोडेको छ ।

इटाली समूहको शीर्ष स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu