Connect with us
Kapilvast Forest

त्रिविको स्नातकोत्तर तहमा अघिल्लै वर्षको प्रश्नपत्र हुबहु !

२०७९, २५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं -त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीति शास्त्रको स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षामा चरम लापरवाही देखिएको छ ।

२३ जेठमा सञ्चालित राजनीति शास्त्रको स्नातकोत्तर तह पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ । यो विषयको सन् २०२१ र सन् २०२२ सञ्चालित परीक्षाको प्रश्नपत्र एउटै छ । खाली प्रश्नपत्रको क्रममात्र तलमाथि गरिएको छ ।

 

मानविकी संकायकी डीन प्रा.डा. कुसुम शाक्यले पटक पटक समस्या दोहोरिन थालेपछि प्रणालीमाथि नै प्रश्न उठेको बताइन् । ‘फेरि उही समस्या दोहोरिएको छ । अब यसमा पनि छलफल हुन्छ । अहिले नै के गर्छौं भन्न सक्ने अवस्था रहेन । अब प्रणालीमाथि नै छलफल गर्नुपर्ने देखियो’ उनले भनिन् ।

यस विषयमा केन्द्रीय परीक्षा समितिमा जानकारी गइसकेको र अब बृहत छलफल हुने शाक्यले जानकारी दिइन् । जेठ १८ गते लिइएको अर्थशास्त्रको स्नातकोत्तर तह तेस्रो समेष्टरको पब्लिक इकोनोमिक्स विषयको प्रश्नपत्र पनि गत वर्षको प्रश्नपत्रसँग हुबहु दोहोरिएको पाइएको थियो । यो विषयमा त्रिभुवन विश्वविद्यालयले छानबिन गरिरहेको छ ।

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu