Connect with us
Kapilvast Forest

चन्द्रौटामा व्यवस्थित पार्किङको व्यवस्था मिलाउन नगरप्रमुखको ध्यानाकर्षण

२०७९, २६ जेष्ठ बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजारमा व्यवस्थित पार्किङको व्यवस्था मिलाउन व्यवसायीहरूले नगरप्रमुखको ध्यानाकर्षण गराएका छन् । बिहीबार नगरपालिका पुगेर व्यापारीहरूलाई नगरप्रमुख अजय थापालाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

बजार नै कुरूप हुने गरी सवारी साधनको अव्यवस्थित पार्किङले पैदल यात्रुलाई समेत समस्या भएकोले यसको समाधान नगरपालिकाले गर्नुपर्ने स्थानीय व्यापारी विशाल गुप्ताले बताउनुभयो । सडकमै सवारी राख्दा व्यापारमा समेत असर परिरहेकोले दीर्घकालीन समाधान गर्न उहाँले आग्रह गर्नुभयो । पटक पटक स्थानीय व्यापारीहरूले आग्रह गरे पनि सुनुवाइ नभएकोले यथाशीघ्र यसको समाधानमा नगरपालिकाले ध्यान दिनुपर्ने व्यापारीहरूको भनाई छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख अजय थापाले बजारलाई सुन्दरी करण सँगै व्यवस्थित पार्किङको लागि आफू गम्भीर रहेको बताउनुभयो । ट्रकहरूको लागि वाणगंगा यातायात व्यावसायि सँग छलफल भएको र छिटै समाधान हुने बताउनुभयो । चन्द्रौटामा बसपार्क आवश्यक रहेकोले जग्गाको व्यवस्थापन सँगै ई रिक्सा तथा ठेलालाई व्यवस्थित बनाउने उद्घोष गर्नुभयो । बजार व्यवस्थित बनाउनु युवा व्यावसायिक जागरूक हुनुले आफूलाई काम गर्न सहज हुने विश्वास लिएको थापाले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu