Connect with us
Kapilvast Forest

तारकेश्वर गाउँपालिकाका क्रसर र खानी तत्काल बन्द गरिने

२०७९, २७ जेष्ठ शुक्रबारमा प्रकाशित

नुवाकोट- नुवाकोटको तारकेश्वर गाउँपालिकाको कार्यपालिका बैठकले अवैध रुपमा संचालनमा रहेका क्रसर तथा बालुवाखानी तत्काल बन्द गर्ने निर्णय गरेको छ । हिजो बसेको कार्यपालिकाको बैठकले सर्वसम्मत रुपमा अवैध क्रसर र बालुवाखानी बन्द गर्ने निर्णय गर्दै सम्बन्धित निकायलाई पत्राचार गरिसकेको भन्दै न्यूज सेन्टरसँगको कुराकानीमा अध्यक्ष शिव अधिकारीले भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो ।

योसँगै उक्त बैठकले यस सम्बन्धि कार्यविधि बनाउन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीलाई जिम्मेवारी दिएको छ । प्रशासकिय अधिकृत नेतृत्वको समितिले कार्यविधि अनुसार आगामी दिनमा कुन प्रयोजनका लागि कसरी खोल्ने वा सदाका लागि बन्द गर्ने भन्नेबारे कार्यपालिकाले निर्णय गर्ने अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

यस्तै निजी गाडी प्रयोगबारे भने उहाँले आफूले आफ्नो नभई गाउँपालिकाको कामका लागि आवश्यक रहेकाले गाउँपालिकाले नै निर्णय गरेर गाडी भाडामा लिएको पनि पुष्टि गर्नुभयो । । आफूले सरकारी गाडी नै प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu