Connect with us
Kapilvast Forest

कपिलवस्तुमा साढे ५ करोडको लागतको कन्चनीया सिंचाई योजना निर्माण

२०७९, १ असार बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ६ भलवारीस्थित साढे ५ करोड बढी लागतको कन्चनीया सिंचाई योजनाको निर्माण सम्पन्न भएको छ।
कन्चनीया नदीबाट पानी लिफ्ट गरी ढाई सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरी १ दशमलव ६० किमि लोमो नहर बनाई योजनाको निर्माण गरिएको हो। क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह, महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम र उप मेयर रिता कुमारी कुर्मीले रिबन काटेर सयुक्तरुपमा योजनाको उदघाटन गरे।

सो अवसरमा सांसद शाहले जिल्ला कै गौरवको आयोजनाकारुपा रहेको कन्चनीया सिचाई योजनाले महराजगंज र कृष्णनगर नगरपालिकाका दर्जनौ गाउका कृषकहरु यसले लाभान्वित हुने बताए। उनले सिंचाईको सुबिधा भए पछि कृषकहरुलाई धान, गहुँ, तेलहन, तरकारी लगायतका खेती गर्न सजिलो हुने बताए। ‘ यो सिंचाई योजनाले हजौरो कृषकहरु लावांति हुनेछन्’ उनले भने।

सो अवसरमा उनले कृषकहरुलाई सरकारले मल, बिउबिजन लागतयका सुबिधा तत्कालै उपलबध गराउनु पर्ने बताए। सो अवसरमा मेयर कलामले सिंचाईको अभावले गर्दा कृषकहरुलाई खेतीपाती निकै अप्ठेरो परेको बेला कन्चनीया सिंचाई योजनाले धेरै राहत मिलेको बताए। उनले नगरकै सबै भन्दा ठूलो सिंचाई योजनाले यस भेगका हजारौ कृषकहरु लावांवित हुने उनले बताए। यो सिंचाई योजनाले यस क्षेत्रकै कृषि उपजकोो उत्पादनमा बृद्धि हुने उनले बताए।

कार्यक्रमका वडाध्यक्ष राम सिंहले वर्षौदेखिको यस क्षेत्रका जनताहरुको सपना अहिले पूरा भएको बताए। उनले यो सिचाई योजनाले कृषकहरुलाई धरै राहत मिलेको बताए। सिंचाई तथा जलश्रोत बिकास डिभिजन कार्यालयका प्रमुख पुरुषोत्तम उपाध्ययाले निर्माण भएको योजनाले यस भेगका कृषकालाई धेरै फाइदा पुग्ने बताए। उनले यो आयोजनाको संरक्षण गर्न स्थानीयबासी र पालिकालाई उनले आग्रह गरे।

अर्घाखाँची इन्जीनिययर्स एन्ड बिल्डल्डर्स कम्पानी प्रालि अर्घाखाँचीले आरसिसि बेयर प्रबिधिबाट डाईभर्जन निर्माण गरेको हो। समायोजन रकम बाहेक ५ करोड ८२ लाख ७९ हजारमा योजनाको निर्माण गरिएको हो। बेयर विथ अन्डर स्लुईस,गाईड बन्ड, गेबियन प्रोटेक्सन, पक्की नहर अन्तरर्गत गत मुल र शाखा नहर, आरसिसि कल्भर्ड ३ र डिब्ट्रीब्युसन गेट ३ वटा निर्माण गरिएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu