Connect with us
Kapilvast Forest

अभिभावक बिहिन तीन वालकको बिचल्ली

२०७९, ४ असार शनिबारमा प्रकाशित

कालिकोट- कालीकोटमा बालवालिको क्षेत्रमा काम गरिरहेको देखाउने धेरै गैरसरकारी संस्था छन । जिल्लाको रास्कोट नगरपालिका ४ का गुइया सार्कीको छ वर्षअघि मृत्यु भयो । दुई वर्षपछि उहाँकी श्रीमती आइतीले दोस्रो विवाह गरेर तीन सन्तान जन्माइन् । गुइया र आइतीबाट जन्मेका तीन बालक चार वर्षदेखि अबिभावक बिहिन छन् ।

बुवाको मृत्यु हुँदा जेठो छोरा भरत सात वर्षका थिए । चार वर्षअघि आमाले छाडेर गएपछि भरतको काँधमा दुई भाइको जिम्मेवारी थपियो । भरतसँगै सात वर्षका हस्त र पाँच वर्षका डाइमन सहाराको खोजीमा छन् । भरतले भने, ‘आफन्तको घरको पशु बाँध्ने गोठमा बस्दै आएका छौ ।’

बुवाको मृत्यु र आमाले अर्को विवाह गरेर गएपछि १३ वर्षीय भरतलाई दुई भाइको पालनपोषणको जिम्मेवारी पनि आइलागेको छ । भरतसँग भाइलाई लालनपालन गर्ने कुनै उपाय भने छैन । माग्दै पेट भर्न बाध्य छन् । रास्कोटमा राजनीति गर्ने नेताहरुले पनि भरतका तीन भाइको दुख देखेका छैनन ।

जन्मदिने बुबा आमाले छाडेर गएपछि गाउँमा मागेर पेट भर्नेगरेका छौ भरतले भने, ‘खानलाई अन्न छैन, लगाउनलाई टालो (लुगा) छैन ।’ भरत नौ वर्षको हुँदा आमाले अर्को विवाह गरेर गएकी थिइन । खानकै चिन्ता भएकाबेला विद्यालय जाने कुरै भएन । ‘विद्यालय जानका लागि पोशाक, कापी किताव चाहियो, काम पाए काम गरेर खान्छौं, नपाए मागेर खान्छौं, यस्तोमा विद्यालय कसरी जानु ? भरतले भने । पढ्ने चाहना भएपनि पूरा हुन नपाएको उनले दुखेसो पोखे ।

बुवाआमा नहुँदा तीनै भाइको जन्मदर्ता पनि छैन । आफन्तले चौपाया बाँध्ने गोठको एक कोठा दिएका छन् । लगाउन शरीरमा राम्रो कपडा छैन । ओढ्ने ओछ्याउने पनि कपडा छैन । बालकका आफन्त रामे सार्कीले तीन बालकलाई दैनिकी चलाउन समस्या भइरहेको सुनाउनुभयो । ‘सानैमा बुवा बिते, आमाले अर्को विवाह गरेर गइन्, उहाँले भन्नुभयो ‘उनीहरुलाई छाक जुटाउनै अहिले समस्या भइरहेको छ ।’

‘तीन भाइको मतदाता परिचतपत्र हुने थियो भने प्रयोग गर्न धेरै नेता घरमा आउने थिए’ उहाँले भन्नुभयो । बिद्यालय जानबाट कोही बालबालिका बञ्चित नहोस् भन्ने सरकारको नीति छ । जिल्लामा वर्षेनी करोडौं वजेट बालबालिकाको नाममा आउँछ । तर अबिभावकबिहिन बालवालिकासम्म पुग्दैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu