Connect with us
Kapilvast Forest

एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

२०७९, ४ असार शनिबारमा प्रकाशित

काठमाडौं- नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

किनरारा ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हरायो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

नेपालले दिएको एक सय आठ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेत निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८२ रनमा समेटिएको थियो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रन बनाउनुभयो । मारिमा हेदरले १५ र कप्तान आम्ना तारिकले १४ रन जोड्नुभयो ।

बलिङमा नेपालकी सीता रानामगरले दुई विकेट लिनुभयो । अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिनुभयो ।

जितसँगै दुई खेलबाट चार अंक बनाएको नेपाल समूह ‘बी’ को शीर्षस्थानमा छ । दोस्रो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ ।

नेपाल यस च्याम्पियनसिपको उपाधि दाबेदार टोली हो । नेपालको समूहमा कुवेत, बहराइन र हङकङ छन् । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu