Connect with us
Kapilvast Forest

विकासमा पक्ष विपक्ष नगर्न आर्चायको आग्रह

२०७९, ५ असार आईतवारमा प्रकाशित

कपिलवस्तु-पुर्व मन्त्री एवं नेपाली काग्रंस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आर्चायले जननिर्वाचित पदाधीकारीहरुले विकास र जनताको सेवा गर्दा पक्ष विपक्ष नगरी गर्नुपर्ने बताए । सार्वजनीक पद धारण गरेपछि सबैको प्रतिनिधी भएकाले समान तरिकाले जनताको सेवक भइ काम गर्नको लागि स्थानीय तहका नवनिर्वाचित प्रपदाधीकारीहरुलाई आग्रह सकेत उनले गरेका छन् । नेपाली कागेस मंहाराजगज नगर समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधी तथा शिक्षक सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै आर्चायले राजनितीलाई पेशा नभई समाजसेवाको रुपमा विकास गरि लानुपर्ने बताए । सो अवसरका महाराजंगज नगरपालिकाका प्रमुख एवं कागे्रंस कपिलवस्तुका सभापति अब्दुल कलामले विगतमा जनताको सेवक भएर काम गरेको कारण जनतालाई पुन आफुलाई निर्वाचित गराएको बताए । साचै कलामले अघिल्लो ५ वर्ष नगरका हरेक सडकहरु हिलो मुक्त गरिएको र आगामी वर्षहरुमा भौतिक पुर्वाधारका साथै शिक्षा, स्वास्थ्य ,महिला वालवालिका लगायतका क्षेत्रमा काम गर्ने बताए । नगर सभापति रामअचल चौधरीको अध्यक्षता र शिक्षक संघका जिल्ला सचिव विकास कुमार बन्जाडेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा कागे्र्रंस प्रदेश सदस्य विक्रम सिंह थापा, प्रेमलता भट् , वडा अध्यक्ष योगेन्द्र केसी , शिक्षक संघका जिल्ला अध्यक्ष अफाक अहमद खां, लगातले स्थानीय तह २०७९ मा निर्वाचित पदाधीकारीहरुलाई वधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यकममा नगरपालिकाका पदाधीकारी र शिक्षक संघका पदाधीकारीहरुलाई सम्मान गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu