Connect with us
Kapilvast Forest

वामदेव गौतमले बोलाए वाम एकता अभियानको राष्ट्रिय भेला

२०७९, ६ असार सोमबारमा प्रकाशित

काठमाडौं – राष्ट्रियसभा सदस्य वामदेव गौतम नेतृत्वको एकता अभियानले राष्ट्रिय भेला बोलाएको छ ।अगामी ११ असारमा ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला बोलाइएको गौतमका स्वकीय सचिव दीपक टमाटाले बताए ।

 

‘तीन वटै कम्युनिष्ट पार्टीलाई एकताका निम्ति पहल कदमी बढाउन राष्ट्रिय भेला बोलाइएको हो’, उनले भने ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कुनै समूहमा पनि नलागेका गौतमले आफ्नै नेतृत्वमा एकता अभियान घोषणा गरेका थिए ।

 

१४ माघ २०७७ मा घोषणा गरेको एकता अभियान त्यसपछि निष्कृय छ । गौतमले भने कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने बताउँदै आएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu