Connect with us
Kapilvast Forest

किर्डाक नेपालले मनायो २३ औं वार्षिक उत्सव 

२०७९, ७ असार मंगलवारमा प्रकाशित

कपिलवस्तु – किर्डाक नेपाल कपिलवस्तुले आफ्नो २३ औं वार्षिक उत्सव मनाएको छ । स्थापना काल देखि नै सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको संस्थाले आज एक कार्यक्रमका विच बार्षिक उत्सव तथा स्थापन दिवश मनाएको हो ।  कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी शिवराज नगरपालिका नगर उप प्रमुख शिवकुमारी थारुले  किर्डाक नेपालले गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा अझै शसक्त भएर समाजिक काम र विपन्न तथा पिछडिएको वर्गका महिला तथा किशोरीहरुको सहारा बन्न सुझाव दिनु भएको थियो ।

 


कार्यक्रमा बोल्दै किर्डाक नेपाल कपिलवस्तुका जिल्ला संयोजक कृष्ण रावलले समुदायका व्यक्त्तिलाई समान पहुँच र आयआर्जनमा सहभागिता गराउदै अगाडि बड्ने बताउनु भयो । समाजिक कार्यमा सबैको साथ र हातेमालेको खाचो पर्ने हुदा आ आपनो क्षेत्रबाट सहयोग गर्न आग्रह पनि गर्नुभयो । यस्तै नेपाल पत्रकार महासघं कपिलवस्तुका जिल्ला सहसचिब संजिब गहतराजले कार्यक्रमको सफलताको सुभकामना दिनुभएको थियो । किर्डाक नेपालले स्थापन दिवशको अवसरमा पुस्तकालय स्थापना, वृक्षारोपण, नगर भित्रका विभिन्न ठाउँमा सरसफाई साथै जेहेन्दार विधार्थीहरुलाई शैक्षिक सामग्री समते वितिरण गरेको छ ।

कपिलबस्तुका २ पालिका शिवराज नगरपालिका र बुद्धभुमिमा  नगरपालिकामा संचालित किर्डाक नेपालको सहयोगमा नगरपालिकाका विभिन्न वडामा दिगो तथा मर्यादित सामाजिक, आर्थीक सशक्तिकरण कार्यक्रम अन्तरगत किशोर किशोरी संवाद केन्द्र निर्माण गरि बिभिन्न अभियानहरु संचालन हुंर्दै अएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu