Connect with us
Kapilvast Forest

परम्परागत खेतीलाई प्रोत्साहन गर्न कृषकलाई हलो उपहार

२०७९, ८ असार बुधबारमा प्रकाशित

विर्तामोड- कृषकलाई कृषि पेशामा आकर्षित गर्नका लागि सामुदायिक वन उपभोक्ता वन समूह कनकाई नगरपालिकाले बुधबार कृषकलाई निःशुल्क हलो प्रदान गरेको छ।

३० घरपरिवार कृषकका लागि हलो बनाएर निःशुल्क प्रदान गरिएको वन समूहका कार्यवाहक अध्यक्ष दलबहादुर विश्वकर्माले जानकारी दिनुभयो। कृषि क्षेत्रमा बढ्दो यान्त्रिकरण भए पनि यस क्षेत्रमा भने परम्परागत रुपमा राँगा गोरुबाट समेत जोतेर खेती गर्ने परम्परा यथावत रहेको कनकाई नगरपालिका १ नम्बर वडाध्यक्ष सुशीलकुमार पोखरेलले जानकारी दिनुभयो।

पछिल्लो समय इन्धनको बढ्दो मूल्यका कारणसमेत कृषक राँगा गोरुबाटै जोतेर खेती गर्नेक्रम बढेर गएको वन समूहका अध्यक्ष विश्वकर्माले बताउनुभयो।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकलाई हलो प्रदान गर्नुभएको हो। हलो प्रदान गर्दै नगर प्रमुख पोखरेलले कृषकले हलो र गोरुको प्रयोग गरेर इन्धनको प्रयोग घटाउन र देशलाई व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu