Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिकाद्धारा पम्पसेट वितरण

२०७९, ९ असार बिहीबारमा प्रकाशित

किरणमान बज्राचार्य
कपिलवस्तु-सिंचाइको अभाव भएको बेला धान खेतीलाई प्रवर्द्धन गर्न भन्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका २५ कृषकलाई ५ हर्स पावरको पम्पसेट उपलब्ध गराइएको छ। धान बालीका साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पाकेट) विकास कार्यक्रम अन्तरगत उनीहरुलाई पम्पसेट उपलब्ध गराइएको हो।

५० प्रतिशत लागत सहभागीतामा ताम्रेश्वर कृषि सहकारीमा आवद्ध भएका कृषकहरुलाई सो पम्पसेट उलब्ध गराइएको नगरपालिका कृषि शाखाका प्रमुख भगवानदास गुप्ताले बताए। यस्तै सोही कार्यक्रम अन्तरगत ६ जनालाई २ हर्स पावरको पानी तान्ने मोटर समेत उपलब्ध गराइएको छ।

पम्पसेटसहित डेलीभरी र सेक्सन पाइप, जींक, सल्फर हर्बीसाईट लगायतका सामाग्री समेत हस्तान्तरण गरिएका छन्। मेयर सुदीप पौडेल, उप मेयर सुनिता गुप्ता वडाध्यक्ष प्रकाश गैरेले कृषकहरुलाई पम्पसेट हस्तान्तरण गरेका थिए।

सो अवसरमा मेयर पौडेलले सिंचाइको अभावमा कृषकहरुले पाएको यो पम्पसेटले धान बालीलगायत अन्य बालीको खेती गर्र्न सजिलो हुने बताए। मलखाद, सिंचाई बीउ बिजनको अभाव झेलिरहेको कृषकहरुलाई सरकारले अनुदान बढाउनु पर्ने बताए।

उनले नगरपालिकाले कृषि क्षेत्रको विकासमा लगानी गर्ने भन्दै कृषकहरुले पाएको सामाग्रहीहरुको सही सदुपयोग गर्नु पर्ने बताए। ताम्रेश्वर कृषि सहकारीमा आवद्ध भएका कृषकहरुलाई २० हेक्टर क्षेत्रमा धान खेती गर्नका लागि सो कार्यक्रम अन्तरगत १२ लाख रुपैयाँ अनुदान पाउने र कृषकहरुले पनि १२ लाख जम्मा गर्ने गरी कुल २४ लाखको कार्यक्रम रहेको सहकारीका अध्यक्ष राधेश्याम कोरीले बताए।

यसअघि १५ दिन अघि ५० बढी कृषकलाई सोही कार्यक्रम अन्तरगत स्प्रे ट्यांकीसहित धानको बीउ लगायतका सामाग्री उपलब्ध गराइएको थियो। नगरपालिकाको कृषि शाखाले सो कार्यक्रमका लागि ५ वटा आवेदनसहित प्रस्ताव पेश गरे पनि एक वटा मात्र परेको शाखा प्रमुख गुप्ताले बताए।

वडाध्यक्ष गैरेले कृषकहरुले पाएको सामाग्रीको सही सदुपयोग गरी व्यावसायिक खेती तर्फ उन्मुख हुनु पर्ने बताए। उनले सरकारले मालखाद र उन्नत जातको बीउ बिजन समेत उपलब्ध गराउनु पर्ने माग गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu