Connect with us
Kapilvast Forest

तौलिहवाको बुद्धपदममा लागु औषध बिरुद्ध जनचेतना

२०७९, ९ असार बिहीबारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको तौलिहवा स्थित बुद्धपदम उमाबिमा लागु औषध बिरुद्ध जन चेतना कार्यक्रम संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बुद्धपमा उमाबिको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

सो असरमा प्रहरी निरीक्षक कबिराज रोकायाले लागु औषधका बिषयमा जानकारी गराएका थिए । लागु औषधले पार्ने असर बच्ने उपाय, लागु औषधका प्रकार कानुनी प्रावधान लगायतका बिषयमा उनले चर्चा गरेका थिए । उनले लागु आषधमा युवाहरुको ठुलो जमात फसेकोले यस तर्फ सचेत रहन आग्रह गरे । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले लागु औषधको दुब्र्यसनबाट बच्न किशोर किशाराहरु आफै सचेत बन्नु पर्ने बताए ।

लहैलहैमा लागेर धेरै युवाहरु लागु औषधको जालमा फसको भन्दै यसले जीवन परिवार कै बर्वादी गरेको बताए । उनले आफनो पढाई , स्वास्थ्य प्रति सचेत भई समाजमा गर्न लायक ब्यक्ति बन्नु पर्ने बताए । यस्तै कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले युवाहरुले लहैलहैमा नलागेर होस पुरयएर काम गर्नु पर्ने बताए ।

उनले किशोर किशोराहरु भबिष्यको कर्णधार रहेकोले अहिले रचनात्मक काममा लाग्न आग्रह गरे। कार्यक्रममा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, शिक्षक श्रीधर ज्ञवाली लगायतको सहभागीता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu