Connect with us
Kapilvast Forest

सरकारी कर्मचारीलाई निर्घात कुटपिट

२०७९, १३ असार सोमबारमा प्रकाशित

कैलालीमा एक सरकारी कर्मचारीलाई भारतीय नागरिकहरुले निर्घात कुटपिट गरेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई तीन भारतीयले लुटपाट गरी बाँधेर बाटोमा अलपत्र छोडेका हुन् ।

महेन्द्रनगरबाट भण्डारीको गाडीमा लिफ्ट मागेर आएका भारतीय लुटेराले गोदावरी ५ मा आइपुगेपछि भण्डारिलाई आक्रमण गरेका थिए । निर्घात कुटपिटपछि बाँधेर सडकमा छाडेर हिँडेको प्रहरीले जनाएको छ । उनीहरुले भण्डारीको निजी सवारी पनि लगेका छन् ।

पीडितकाअनुसार महेन्द्रनगरबाट लिफ्ट दिएर ल्याएको व्यक्तिले रोकेर फोटो खिच्न आग्रह गरेपछि गाडी रोकेका थिए । त्यसपछि आफूलाई हातमुख बाँधेर ढुंगाले हानेको र गाडी लगेर गएको भण्डारीले प्रहरीलाई जानकारी गराउनुभएको छ ।

हात पछाडि बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । घाइते भण्डारीको पद्मा अस्पतालमा उपचार भइरहेको छ । लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu