Connect with us
Kapilvast Forest

सबै कर्मचारी गैरसरकारी संस्थाको गोष्ठीमा गएपछि कार्यालय सुनसान

२०७९, १४ असार मंगलवारमा प्रकाशित

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाका जनप्रतिनिधि गैरसरकारी संस्थाले आयोजना गरेको गोष्ठीमा गएपछि कार्यालय सुनसान भएको छ । जनप्रतिनिधिहरुले निमित्तलाई जिम्मेवारी दिएर सुर्खेत पुगेपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

नगरप्रमुख, उपप्रमुख सहित नगरका नौ वडा मध्ये छ वडा अध्यक्ष गोष्ठीमा गएका कारणले नगरपालिका सहित पाँच वडा निमित्तले सञ्चालन गर्दै आएका छन् । नागरिकको सेवामा दत्तचित्त भएर काम गछौ भन्दै जनता माझ कसम खाएको सेलाउन नपाउदै नगरप्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज वराल, वडा नं ३, ४, ५, ६ र ९ का वडा अध्यक्ष सुर्खेतमा एक गैरसरकारी संस्थाले आयोजना गरेको गोष्ठीमा सहभागी हुन कार्यालय खाली बनाएर गएका छन् ।

आर्थिक वर्षको अन्तिम समय भएकाले योजनाको भुक्तानी, योजना अनुगमन, भुक्तानीका लागि सिफारिस आदी सबै रोकिएको स्थानीयको गुनासो छ । निमित्तले दैनिक सामान्य सिफारिस मात्र दिने अधिकार भएकाले नगरपालिका पुगेका नागरिक वाहिरवाटै फर्केर आउने गरेको सेवाग्राहीहरुको गुनासो छ । वर्षातका कारणले गत वर्ष घरपुर्णरुपमा क्षती भएको तर घर पुर्ननिमार्णका लागि छनोटमा नपरेपछि नगरपालिका वुज्न जानु भएका रास्कोट नगरपालिका वडा नं २ का हंशराज सज्यायले कुनै जानकारी नपाएर फर्किनु परेको बताउनुभयो । सज्यालले आफ्नो घरका वारेमा जानकारी लिन प्रमुख प्रशासकिय अधिकृत, नगरप्रमुखलाई भेट्न गएको थिए । तर कोही भेटिनु भएन । धेरैलाई सोधेपछि उहाँहरु सुर्खेत जानु भएको भन्ने सुनेको बताउनुभयो ।

यसबारे बुझ्दा नगरप्रमुख धर्मराज शाहीले उपप्रमुख सहित बिषेश कामले सुर्खेत झरेको बताउनुभयो । नगरपालिका खाली छोड्दा नागरिकले सास्ती खेप्नु परेको भन्दै गुनासोको चाङ लाग्ने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu