Connect with us
Kapilvast Forest

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

२०७९, १४ असार मंगलवारमा प्रकाशित

dubnu

कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–८ मलभङ्गाका सात वर्षीया अश्रिया विष्ट र छ वर्षीया भावना कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सोमबार बेलुका सात बजेतिर मालिका इँटाभट्टाको पछाडि खेलिरहेका दुवै बालिका नजिकै रहेको पोखरीमा खसेका थिए । पोखरीमा डुबिरहेका दुवै बालिकाको स्थानीयले उद्धार गरी उपचारका लागि बौनियास्थित खापर हेल्थ क्लिनिक पुर्याए पनि ज्यान जोगिएन । उपचारको क्रममा राति उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu