Connect with us
Kapilvast Forest

काठमाडौं विश्वविद्यालयमा खुल्यो मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम

२०७९, १४ असार मंगलवारमा प्रकाशित

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)ले मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम सञ्चालनमा ल्याएको छ । मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै यसै वर्षदेखि अध्ययन सुरु गर्ने गरी मिडिया स्टडीज विषय स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी केयूले दिएको हो ।

विगत १६ वर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि विस्तार गरिएको छ ।

काठमाडौं विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख सुधांशु दाहालले मिडिया स्टडीज कार्यक्रम स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरुका लागि यो सुनौलो अवसर हुने बताउनुभयो ।

आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आएपनि मिडिया स्टडीज काठमाडौं विश्वविद्यालयमा सञ्चालित एक पृथक कार्यक्रम रहेको उहाँको भनाइ छ । यहाँ भर्ना हुने विद्यार्थीहरुले समाज, संस्था, संस्कृतिक तथा प्रविधिलाई आधारशिला मानी सञ्चारमाध्यमका विभिन्न आयामहरुको अध्ययन गर्ने छन् ।

प्रमुख दाहालका अनुसार केयूको मिडिया स्टडीज कार्यक्रममा प्रविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण पाइने भएकाले यहाँबाट दीक्षित हुनेहरुको बजारमा अत्याधिक माग रहने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu