Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा रोपाई (फोटो फिचर)

२०७९, १५ असार बुधबारमा प्रकाशित

सनिउल्ला धोबी-
आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । धनबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइदै छ ।

धान दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकामा आज १९ औँ राष्ट्रिय धान दिवस २०७९ मनाइएको छ । शिवराज २ बालापुर स्थीत अस्सीविघा भन्ने स्थानमा राष्ट्रिय धान दिवस मनाइएको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो ।

कृषकहरुको लागि मल आभाव भएकोले प्रशासनले छिमिकी मुलुक भारतबाट ल्याउने मल सहज रुपमा नेपाल ल्याउन सहयोग गर्नुपर्ने मेयर थापाले बताउनुभयो । नेपालमा मल आभाव भएकोले भारतबाट नेपाली किसानहरुले मल ल्याउने गरेको पाइन्छ ।

कार्यक्रममा शिवराज नगरपालिकाको उपप्रमुख शिव कुमार चौधरी, शिवरज नगरपालिका विभिन्न वडाका वडाअध्यक्षहरु, कृषिशाखाका कर्मचारी र स्थानियहरुको सहभागीतामा रोपाई कार्यक्रम आयोजना गरिएको थियो । मनकामना कृषक समुहले आयोजना गरेको रोपाई कार्यक्रममा सहभागीहरुmले खेत समेत रोपेका थिए ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।

औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

फोटो फिचर—-

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu