Connect with us
Kapilvast Forest

जनचेतनाकाे कमीले सुत्केरी हुँदा गोठमा बस्नुपर्नेे बाध्यता

२०७९, १६ असार बिहीबारमा प्रकाशित

सुर्खेत- कर्णालीमा छाउपडी प्रथा उन्मुलनका लागि अभियानहरु सञ्चालनमा करौडौं रकम खर्च भए पनि अवस्था राम्रो हुनसकेको छैन । कर्णालीका ग्रामीण भेगमा सुत्केरी हुँदासमेत अहिले पनि गोठमा बस्नुपर्ने बाध्यता कायमै छ ।

जुम्ला जिल्लाको हिमा गाउँपालिका–५ बुअमा एक महिला सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य हुनुभएको छ । महिलाहरु महिनावारी हुँदा सात दिन अझै छाउगोठमा बस्नुपर्ने समस्या छ ।

हिमा गाउँपालिकाका २६ वर्षीय मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनुभएको छ । त्यो पनि सानोे ढोका भएको अँध्यारो गोठमा । शाही गोरुलाई ओछ्याएको पराल र सोत्तरमाथि शिशुसहित एक सातादेखि गोठमै बसिरहनुभएको छ । गोठमा झ्याल नहुुँदा आमा र शिशुलाई आगोकोे धुँवाका कारण थप समस्या उत्पन्न भएको छ ।

मनसुवाका श्रीमान् दिनेशबहादुर शाही सुत्केरी श्रीमती र छोरालाई भेट्न पटक–पटक गोठमा जानुहुन्छ । रूढीवादी सांस्कृतिक परम्परका कारण नवजात शिशुसहित श्रीमतीलाई गोठमै राख्नुपरेको दुःखेसो उहाँको छ ।

घरका आमाबुबाले नमान्ने र समाजले नानाथरी कुरा काट्ने डरले बाध्य भएर गोठमा राख्नुपरेको हो,’ शाही भन्नुहुन्छ, ‘महिनावरी भएको बेला त कुरै छाडौं सुत्केरी हुँदा श्रीमतीले छोएको पानी र खानपान अरुले खाँदैन ।

जुम्लाका मनसुबा मात्रै होइन, दैलेख र सुर्खेत जिल्लाको पश्चिम क्षेत्र, कालिकोट, मुगु, हुम्ला जिल्लाका सुत्केरी बाख्रा, गाई र भैंसी बाध्ने गोठमा छाउ बस्नुपर्ने बाध्यता छ । सुत्केरीले छोरा र छोरी जन्माएमा गोठमा बस्दा विभेद गरिएको छ । छोरा जन्मिए नौ र छोरी जन्मिए १२ दिन गोठमा बस्नुपर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वयंसेविका पञ्चकला नेपाली बताउनुहुन्छ । सुत्केरी र शिशुको विशेष ख्याल गर्नुपर्ने भएकाले गाइगोरु बाँध्ने गोठमा बस्न दिनुहुँदैन भन्दा पनि चेतनाको कमीले नमान्ने गरेको नेपाली बताउनुहुन्छ् ।

छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा पनि न्यूनिकरणमा चुनौती थपिएको सामाजिक विकास मन्त्रालयका सामाजिक सुरक्षा तथा महिला विकास महाशाखाका महिला विकास अधिकृत अतिना ज्ञवाली बताउहुन्छ ।

‘वर्षौंदेखि विद्यमान रहेको प्रथा हटाउन स्थानीय तहको विशेष भूमिका रहन्छ । तर, प्रभावकारी रुपमा काम गरेको देखिँदैन,’ ‘मन्त्रालयले समन्वयकारी भूमिका निर्वाहमा कुनै कसर बाँकी राखेको छैन । तर पनि ग्रामिण क्षेत्रमा महिनावारी र सुत्करी हुँदा गोठमा बस्नुपर्ने बाध्यता हटाउन सकेका छैनौँ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu