Connect with us
Kapilvast Forest

होटेल- व्यवसायी र पैदल यात्रुु धमिलो पानी खान बाध्य

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

हुुम्ला- कर्णाली नदी छेउछाउका होटेल ब्यवसायी र पैदल यात्रुु बर्खाको कर्णाली नदीको धमिलो पानी पिउन बाध्य हुँदै आएका छन् । स्वच्छ खानेपानीको ब्यवस्था नहुँदा अन्य बिकल्प नभएपछि कर्णाली नदीको धमिलो पानी खानुु पर्ने बाध्यता आई परेको हो ।

पैदल यात्रुु ओबराज शाहीले दक्षिणी हुम्लाको कर्णाली नदीको छेउछाउमा पैदल यात्रा गर्दा धमिलो पानी पिउनुु पर्ने बाध्यता रहेको बताए । उहाँले असारको बेला गर्मी धेरै हुने तर बाटोमा खानेपानीको ब्यवस्था कतै नभएको कारण माटोको लेदा र बालुुवा भएको पानी पिउनुु पर्ने बाध्यता रहेको बताउनुुभयो ।

उहाँले यो समस्या बाजुुरा जिल्लासंगको सिमाना कवाडीदेखि खार्पुुनाथ गाउँपालिकाको छारेसम्म रहेको बताउनुुभयो । बाढी पहिरो जाने र हिमालको हिउ पग्लने भएको कारण खोलानाला र नदीको पानी बाक्लो लेदो सहित धमिलो हुँदै आएको छ । खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारेमा बिगत आठ वर्षदेखि होटेल ब्यवसाय सञ्चालन गर्दै आउनुु भएकी बाटुुल्ली रावलले वर्षेनी बर्खाको समयमा कर्णाली नदीको धमिलो पानी प्रयोग गर्दै आएको बताउनुुभयो ।

उहाँले पहिला खानेपानीको ब्यवस्था भएपनि बाटो पर्ने भएको कारण आफुुहरु होटेल बन्द गरेर घर गएको बेला खानेपानीको लाईमा आगलागी गरि दिएपछि पानी आउन बन्द हुँदा नदीको धमिलो पानी प्रयोग गर्दै आएको बताउनुुभयो । उहाँले सो पानी आफुु मात्र नभई होटेलमा आउने ग्राहकले खाना, चिया नास्ता जे खाएपनि सोही धमिलो पानी प्रयोग गर्ने गरेको बताउनुुभयो ।

उहाँले कुुनै ग्राहकले आफुुसंग भएको कपडाले छानेको पानी पिउने गरेको भएपनि अधिकाँसले भने केही नभनेरै सो पानी प्रयोग गर्ने गर्नु भएको बताउनुुभयो । उहाँले पानी पिउने मात्र नभई सरसफाईदेखि बाटोको हिड्ने गाईबस्तुले समेत उक्त पानी प्रयोग गर्नुपर्ने बाध्यता आई लागेको बताउनुुभयो ।

छारे हुँदै दुुई सय भन्दा बढी मानिस र एक सय भन्दा बढी खच्चड आउजाउ गर्दै आउनुु भएको छ । घर्मी धेरै भएको कारण पैदल यात्रुुहरुले सो पानी पिउनै पर्ने अबस्था रहेको छ । खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलीराज शाहीले भरसक सो पानी प्रयोग नगर्न र गर्नैपर्ने भए छानेर वा उमालेर प्रयोग गर्न सुुझाव दिनुुभयो । उहाँले उक्त पानी प्रयोग गर्नुु पर्ने भए पियुुस पनि प्रयोग गर्न सकिने बताउनुुभयो । यस्तो पानीको प्रयोगबाट पैदलयात्री तथा होटेल ब्यवसायीमा झाडा पखाला लाग्न सक्ने भएको यसबाट सचेत रहन समेत सुझाव दिनुुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu