Connect with us
Kapilvast Forest

नुवाकोटको ककनीमा प्रकाश दाहालको शालिक

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- सगरमाथा आरोहण गरेका प्रकाश दाहाल (साकार) को शालिक नुवाकोटको ककनीमा निर्माण गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान शालिक अनावरण गरे ।

दाहालको शालिक नेपाल पर्वतारोहण संघले निर्माण गरेको हो । सोही शालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर आज बिहान अनावरण गरिएको हो । शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनीसमेत अंकित छ ।

२०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा अभियान अन्तर्गत २०६९ साल जेठ १३ गते कृष्ण केसी नेतृत्वमा प्रकाश दाहाल, विना मगर, सरल सहयात्री, युवराज दुलाल (शरद), शिव डाँगी लगायतले सगरमाथाको सफल आरोहण गरेका थिए ।
प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन् । २०७४ साल मंसिर ३ गते उनको निधन भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu