Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीद्वारा जगन्नाथ रथयात्राको अवलोकन

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गर्नुभएको छ ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको रथयात्रामा सरिक हुनुहुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभयो ।

स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताउनुभयो ।
पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै नेपालीलाई एकीकृृत गर्नु रथयात्राको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ ।
सुन्धाराबाट सुरु भएको रथयात्रा सहर परिक्रमा गरी साँझ वसन्तपुरमा पुगेर सांस्कृतिक कार्यक्रमसहित समापन हुने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu