Connect with us
Kapilvast Forest

कानुनका बारेमा समाजमा जनचेतना आवश्यक: राष्ट्रपति भण्डारी

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएका बताउनुभएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसको ६८ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत कानुनका प्राध्यापक तथा अध्ययनरत विद्यार्थीको अहम् भूमिका रहने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्राध्यापकहरूले मुलुकमा भइरहेको संवैधानिक एवम् कानुनी अभ्यासका क्रममा यदाकदा देखिने विचलनहरूका बारेमा समेत प्राज्ञिक विमर्शमार्फत कानुन तर्जुमा, न्याय निरुपण र कार्यान्वयनसँग सम्बद्ध निकायहरूहरूलाई निगरानीका साथै पृष्ठपोषणसमेत गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा राष्ट्रपति भण्डारीले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नका साथै क्याम्पसबाट प्रकाशित स्थापना दिवस स्मारिकाको पनि लोकार्पण गर्नुभयो । सम्मानित हुनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान निर्माणका क्रममा सभाध्यक्षको आसनमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu