Connect with us
Kapilvast Forest

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च: यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२०७९, १९ असार आईतवारमा प्रकाशित

नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ। आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा कायम छ। यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिददर १२६ रुपैयाँ ६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा पुगेको थियो।

आइतबार युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ९० पैसा र बिक्रीमा १३२ रुपैयाँ ५२ पैसा पाइन्छ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १४ पैसा पाइन्छ।

आइतबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७९ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आज २८ रुपैयाँ ६३ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ०७ पैसा तोकिएको छ। बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३६ रुपैयाँ २७ पैसा कामय गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९, ११:३९:००

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu