Connect with us
Kapilvast Forest

राजनैतिक स्वार्थका लागि युवाहरुलाई दुरुपयोग नगरौं: शाह

२०७९, १९ असार आईतवारमा प्रकाशित

युवानेता रहिस शाह
दलहरुले युवाहरुमा राजनैतिक चेतना, बहस गर्ने संस्कार र लोकतान्त्रिक आचरणको विकास गराउनुभन्दा निहीत राजनैतिक स्वार्थका लागि युवाहरुलाई दुरुपयोग गरिरहेका छन । युवाहरुको मसल र ताकत लगाएर चुनाव जित्न सकिन्छ भन्ने कुसंस्कार नेतृत्व वर्गमा देखिन्छ ।
चुनावका मुखमा युवाहरुलाई अघिपछि लगाएर हिँड्ने, चुनाव जितेर पदमा पुगेपछि युवाहरुका समस्या र मागहरुलाई सम्बोधन नगर्ने गलत प्रवृत्ति नेतृत्व वर्गमा देखिन्छ । यही संस्कारको विकासले युवाहरुमा निराशा, तिक्तता र आक्रोश बढिरहेको छ ।
मुलुकको हरेक परिवर्तनमा युवाको भूमिका सधै अहम रहेको छ । युवालाई राजनितिबाट बाहिर राख्न नसकिने र विभिन्न कारणले गर्दा अहिलेका युवा पुस्ता राजनितिबाट टाडिएको पाइन्छ ।
राजनिति सबैका लागी हुनुपर्ने पर्छ । सहज नेतृत्व हस्तन्तरण प्रकृयामा हुने गरेको अवरोधका कारण धेरै युवाहरुमा राजनिति प्रति वितृष्णा बढदै गएको छ । मुलुकलाई सहि मार्गमा ल्याउन युवाले आफनो भुमिका खेल्ने बेला आएको छ ।

मुलुकमा राजनैतिक सुदृढीकरणका लागि थुप्रै आन्दोलन भए र राजनेताका अनेकौँ अनुहारहरु फेरिए । राजनीतिमा अनेकौँ रंगहरु बदलिए तर पनि राजनीतिमा शुद्धीकरण हुन सकेको छैन । सधैँ नेपालमा असल राजनीतिज्ञको खडेरी परिरहेको छ,राजनीतिमा व्यवहार र नैतिकता हराउँदै गइरहेको छ ।
आज नेपालको राजनीतिमा भएका र देखिएका नेतृत्व वर्ग र कार्यकर्ताको चर्चिकलाबाट जनता दिक्दार भएको छ ।
राजनीतिलाई कमाइखाने भाँडो बनाएका कारण मुलुकमा दुर्दशा देखिएको छ ।

राजनीति योग्यता र क्षमताले भन्दा पनि झोला बोकेर पछि लागेको भरमा बलियो बन्ने परम्पराले पनि होनहार युवाहरु राजनीतिमा आकर्षित हुनुको साटो उनीहरुमा वितृष्णा देखापरेको छ ।
राजनीतिलाई अर्थाेपार्जन गरी बाँच्ने व्यवसाय बनाउने गलत परिपाटीको अन्त्य नहुँदासम्म मुलुक समृद्ध र जनता सुखी कहिल्यै बन्न नसकेको हो ।

मुलुकमा सुशासन कायम नहुँदा जनतामा निराशा व्याप्त छ । राजनीतिक पार्टीमा लागेर कमिसन र दलालीको भरमा वैभवशाली जीवन बिताउने कैयौँ कार्यकर्ता हामी यत्रतत्र पाइन्छन । यस्ता नेता कार्यकर्ताको भरमा मुलुक कसरी समृद्ध बन्न सक्छ ?
राजनीतिक दलहरुको निहीत स्वार्थपूर्तिमा युवाहरुलाई प्रयोग गरेको देखिन्छ ।
(लेखक: रहिस शाह- जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश सदस्य र कपिलवस्तु शिवराज नगर इन्चार्ज हुन् ।)

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu