Connect with us
Kapilvast Forest

जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भ्याइनभ्याई

२०७९, २० असार सोमबारमा प्रकाशित

काठमाडौं- सरकारी विद्यालयमा पठनपाठन हुने पुस्तक निजी विद्यालयले पनि प्रयोग गर्न थालेपछि जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भ्याइनभ्याई भएको छ । स्थानीय तह निर्वाचनको मतपत्र छपाईमा व्यस्त भएको जनक शिक्षा सामग्री केन्द्रलाई पछिल्लो समय सरकारी विद्यालयका पुस्तक समयमै छाप्न हम्मेहम्मे परेको थियो । हाल भने निजी विद्यालयहरुले पनि सरकारी विद्यालयमा पठपाठन हुने पुस्तकहरु प्रयोग गर्न थालेपछि छपाइएको माग बढेको हो ।

पछिल्लो पटक माग भइआएका २० लाख पुस्तमध्ये पाँच प्रतिशत छाप्न अझै बाँकी रहेको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रबहादुर आचार्यको भनाइ छ । ‘पछिल्लो समय २० लाख थान पुस्तकको माग भएको छ, जसमध्ये पाँच प्रतिशत मात्र छपाई सक्न बाँकी छ’, उहाँले भन्नुभयो, ‘यो काम १० दिनभित्र सकिन्छ ।

आचार्यका अनुसार सामुदायिक विद्यालयले प्रयोग गरेका नेपाली, सामाजिक र अङ्ग्रेजी पुस्तकहरु निजी विद्यालयले पनि प्रयोग गर्न लागेपछि पुस्तकको माग बढ्दा छाप्न समय लागेको उहाँले बताउनुभयो ।

सरकारी पुस्तकको प्रयोग निजी विद्यालयहरुले गर्नु राम्रो भएको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारी विद्यालयमा प्रयोग भएका केही पुस्तकहरु निजी विद्यालयमा प्रयोग भएका छन्, यो कुरा राम्रो हो । हाल निजी विद्यालयबाट पनि पुस्तकको माग बढी भएकाले पुस्तक छापेर सक्न समय लाग्ने भएको छ ।

आचार्यका अनुसार हाल काठमाडौं उपत्यकाका विद्यालयबाट नै पुस्तकको माग धेरै आउनेगरेको छ । यसका अलावा इलाम, चितवन, मकवानपुर, विराटनगर, कञ्चनपुर लगायतका जिल्लाबाट पनि पुस्तकको माग बढी रहेको बताउनुभएको छ ।

हाल हुम्ला लगायतका केही हिमाली जिल्लाबाट पनि पुस्तकको अभाव भएको गुनासो आउने गरेपनि ती जिल्लाहरुमा पुस्तक पठाइसकेकिएको आचार्यले बताउनुभयो । तर ढुवानीका कारण पुस्तक पुग्न समय लागेको उहाँको भनाइ छ । ‘हिमाली केही जिल्लाबाट पुस्तकको अभाव भएको गुनासो आइरहेको छ । तर ती जिल्लाहरुमा पुस्तक पठाइसकिएको छ,’ उहाँले भन्नुभयो,‘बर्षा लागेपछि ढुवानीमा समस्या भएका कारण पुग्न सकेको छैन् ।

कक्षा ४, ५, ६, ७, ८, ९ र १० को अंग्रेजी, सामाजिक र नेपाली विषयको पुस्तकको माग उच्च रहेको आचार्यले बताउनुभयो । पुस्तकको छपाई सम्पन्न भएपश्चात् ढुवानीमा पनि समय लाग्ने हुनाले विद्यार्थीको हातसम्म पुस्तक पुग्न ढिलाई भएको उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu