Connect with us
Kapilvast Forest

दुई महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

२०७९, २० असार सोमबारमा प्रकाशित

दाङ- दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले उठाएका आंशिक मागहरु सम्बोधन भएपछि बैशाख १९ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला आइतबार मात्र खोलिएको हो ।

आन्दोलनरत पक्ष नेविसंघले विश्वविद्यालयमा लगाएको ताला आंशिक रुपमा मात्र खोलेको छ । विश्वविद्यालयको मूलगेट र प्रशासन शाखामा झुण्डिएको ताला खोलिए पनि उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार लगायतका पदाधिकारीहरुको कार्यकक्ष र अन्य महाशाखाहरुमा लगाइएको तालाबन्दी अझै जारी छ ।

आन्दोलनतर नेविसंघले आफ्ना १४ बुँदेमध्ये मागहरु आधामात्र सम्बोधन भएकाले तालाबन्दी आंशिक रुपमा खोलिएको जनाएको छ । बाँकी माग पूरा भएमात्र विश्वविद्यालयका पदाधिकारीका कार्यकक्ष र महाशाखाहरुमा लागेको तालाबन्दी खोलिने बताएको नेविसंघले जनाएको छ ।

आधाबढी मागहरु विश्वविद्यायले सम्बोधन गर्ने सहमति भएपछि दुई महिनादेखि गरिएको तालाबन्दी खोलेको नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिका संयोजक चोलेन्द्र रिजालले बताए ।

‘हामीले उठाएका मागहरु केही पूरा भएपछि विश्वविद्यालयमा लगाएको ताला खोलेका छौं’ संयोजक रिजालले भने, ‘विद्यार्थीको नजिकिदै गरेको परिक्षा समेतलाई ध्यानमा राखेर आंशिक ताला खोल्न तयार भयौं ।’

उनले १४ बुँदेमध्ये सम्बोधन हुन बाँकी मागहरु पूरा गरेमात्र पूर्ण तालाबन्दी खुल्ने बताए । त्यस्तै सहमति गरिएका मागहरु कार्यान्वयन नगरे पुनः आन्दोलन गर्ने उनले चेतावनी दिए ।

आन्दोलनतर नेविसंघले उठाएको १४ बुदे माग मध्ये विश्वविद्यालयले तीन महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, छात्राबाससँगै लाइब्रेरीलाई व्यवस्थित गर्दै इ-लाइब्रेरीका रुपमा सञ्चालन गर्नुपर्ने विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यवस्थापन गर्नुपर्ने, विद्यार्थी मैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्ने लगायतका मागहरु सम्बोधन भएका छन् ।

त्यस्तै विद्यार्थीहरुको छात्रवृत्ति दुई सय प्रतिशतले वृद्धि गर्नुपर्ने, अवैज्ञानिक तवरले गरिएको उपप्राध्यापकको विज्ञापन खारेज गरी गरी पुनः विज्ञापन हुनुपर्ने, सेवा आयोगको पुर्नगठन, विश्वविद्यालयमा भएका आर्थिक अनियमितामाथि छानबिनका, नेसंविघको अन्तर्गतका गुरुकुलहरुमा प्रक्रियाबद्ध ढंगबाट स्थायी प्राध्यापकको तत्काल व्यवस्था गर्नुपर्ने लगायतका मागहरु भने सम्बोधन हुन सकेका छैनन् ।

दुई महिनादेखि मुल गेटमै तालाबन्दी हुँदा विश्वविद्यालय सम्पूर्ण गतिविधि चल्न नसकेका थिएनन् । तालाबन्दीका कारण विश्वविद्यालयले दूरगामी प्रभाव पर्ने खालका कुनै पनि निर्णय गर्न ननसकेको विश्वविद्यालयका समान्य प्रशासन महाशाखा प्रमुख गिरिराज शर्माले बताए । ‘लामो समय विश्वविद्यायकै मुल गेटमै तालाबन्दी हुँदा प्रशासनिक कामकाजी अघि बढ्न सकेन ।’ उनले भने ।

उनले विश्वविद्यालयले 12 बर्षदेखि रोकिएको दिक्षान्त समारोह गर्ने तयारी भए पनि तालाबन्दीले रोकिएको उनले बताए । ‘विश्वविद्यालय स्वयं अहिले दिक्षान्त समारोह गर्न जुटी सकेको थियो’ उनले भने, ‘तर ताला बन्दी केही ढिलाइ हुने देखियो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu