Connect with us
Kapilvast Forest

काठमाडौं महानगरले पोहोरभन्दा तीन गुणा बढायो शिक्षाको बजेट

२०७९, २० असार सोमबारमा प्रकाशित

काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रको बजेटमा यसपालि व्यापक वृद्धि गरेको छ।पोहोर सालभन्दा यसपालि महानगरले शिक्षाको बजेट तीन गुणाले बढाएको हो।‍आर्थिक वर्ष २०७९\८० का लागि महानगरले ७० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।

‘चालु आर्थिक वर्षका लागि झन्डै २२/२३ करोड बजेट छुट्याइएको थियो,’ उनले भने, ‘यो पटक नयाँ कार्यक्रम राखेका कारण शिक्षाका लागि पहिलेभन्दा तीन घुणा बढी बजेट छुट्याइएको हो।’महानगरपालिकाले शिक्षा क्षेत्रको स्तरोन्नतिका निम्ति विभिन्न योजना तथा कार्यक्रमहरू राखेको छ।तीन गुणा बढी बजेट छुट्याइए पनि महानगरको रातो किताबमा भने आइसकेको छैन।

यो वर्ष महानगरले सार्वजनिक शिक्षा सुधारका विभिन्न कार्यक्रमहरू प्रस्ताव गरेको जनाएको छ।विद्यालय तह पूरा गरेकालाई व्यवहारिक ज्ञान दिनका लागि प्राविधिक शिक्षा, पुरूष, महिला तथा अपाङ्गलाई सुविधासम्पन्न शौचालय, दिवा खाजाको व्यवस्था कक्षा ८ सम्ममा विस्तार गरिनुका साथै खाजाको रकमलाई महानगरले समेत थपे प्रतिव्यक्ति ३० रुपैयाँ बनाउने प्रस्ताव गरेको छ।

यस्तै, प्राथमिक कक्षामा इसिडी कक्षा सञ्चालनमा ल्याइने छ। महानगरसमै भएका इसिडी कक्षाहरू स्तरोन्नति गरिने‍ र बालबालिकालाई शिक्षामा सहयोग पुग्ने खालका सजावटका सामानहरू पनि राखिने प्रस्तावमा उल्लेख छ। यस्तै, नमूनाको रूपमा विद्यालयमा प्राथमिक विद्यार्थीका लागि किताब राख्न लकर बनाउने लगायतका नयाँ कार्यक्रमको लागि बजेट विनियोजन गरीएको महानगर शिक्षा शाखाले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu