Connect with us
Kapilvast Forest

अमेरिकामा बर्सेनि सयौँ गोलीकाण्ड: हजाराैँको मृत्यु

२०७९, २१ असार मंगलवारमा प्रकाशित

काठमाडौं- अमेरिकाको इलिनोस राज्यको हाइल्याण्ड पार्कमा भएको परेडमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा छ जनाको मृत्यु भएको छ । अमेरिका स्वतन्त्र भएकाे स्मरणमा आयोजित परेड शुरू भएकाे २० मिनेटपछि गाेलीकाण्ड भएकाे हाे ।

घटनास्थलमै ५ जना र उपचारको क्रममा एकको मृत्यु भएको छ । अस्पतालमा ल्याइएका २६ जना घाइतेमध्ये २५ जनालाई गोलीबाट घाउ लागेको छ । उपचारपछि १९ जनालाई डिस्चार्ज गरिएको छ भने घाइतेहरु पाँचवर्षदेखि ८५ वर्षसम्मका छन् । परेडमा आएका अधिकांशले पहिला गोली नभएर पटका पड्किएको महसुस गरेका थिए ।

गोली हानेर गाडीमा भागेका २१ वर्षीय रोबर्ट इ क्रिमोलाई पक्राउ गरी आवश्यक कार्वाही गरिएको छ ।
सीएनएनका अनुसार अमेरिकामा विगत १८६ दिनमा जुलाई ५ तारिखसम्म ३११ वटा मास गोलीकाण्ड अर्थात् भीडमा गोली हानिएका घटना छन् ।

हतियार हिंसा आर्काइभका अनुसार चार जनासम्मलाई गोली हानेको घटनालाई मास गोलीकाण्ड भनिन्छ । यसमा गोली हान्नेलाई प्रत्युत्तरमा हानिएको गोलीलाई गणना गरिँदैन ।

सन् २०१४ देखि लिखत राख्न शुरु गरिएकोमा गतसाल सबैभन्दा डरलाग्दो गरी यस्ता घटना गराइएका छन् । सन् २०२१ मा ६९२ वटा गोलीकाण्ड भएका थिए ।
मास गोलीकाण्डमा मृत्यु

सन् २०१४ मा २७९, सन् २०१५ मा ३३५, सन् २०१६ मा ३८२, सन् ३४६, सन् २०१७ मा ३३६ सन् २०१८ मा ४१७, सन् २०१९ मा ४१७ र सन् २०२० मा ६११ जनाको गोलीकाण्डमा मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

अन्य गोलीकाण्ड

यस्तै, अबोधजन्य रुपमा हुने गोलीकाण्डमा प्रत्येक वर्ष दुईहजार सर्वसाधारणको अनाहकमा मृत्यु भइरहेको छ ।
गोली हानी गोलीकाण्ड

यस्तै, अमेरिकामा गोली हानेर आत्महत्या हुने दर पनि बढिरहेको छ । प्रत्येक वर्ष करिब २३ हजार जनाले गोली हानी आत्महत्या गरेका छन् ।
अमेरिकामा अरुलाई हत्या गरेपछि आत्महत्या गरेर प्रत्येक वर्ष साढे पाँचसय जतिको ज्यान गइरहेको छ ।

जवाफी कार्वाहीमा मृत्यु
यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षाफौजको प्रतिआक्रमणमा परेर प्रत्येक वर्ष एक हजार ५०० सयदेखि दुई हजार १०० सम्म आपराधिक व्यक्तिहरु मारिएका छन् । –उपेश महर्जन (सीएनएन, अल जजिरा)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu