Connect with us
Kapilvast Forest

अछाम सदरमुकामका छ स्थानमा निषेधाज्ञा जारी

२०७९, २१ असार मंगलवारमा प्रकाशित

अछाम- शान्ति, सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङ्गलसेन बजारका छ स्थानमा निषेधाज्ञा जारी गरेको छ । मङ्गलसेन दरबार क्षेत्र, अदालत, सरकारी वकिल कार्यालय, बैरागीधारा, कृषि ज्ञान केन्द्र, मङ्गलसेन नगरपालिका कार्यालय क्षेत्रमा विरोधका कार्यक्रम नगर्न भन्दै निषेधित क्षेत्र घोषणा गरिएको छ ।

तोकिएका निशेधित क्षेत्र उलंघन गरेको पाइएमा कानुनी कार्वाही हुने जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले जारी गर्नुभएको सूचनामा तोडफोड, आगजनी, धम्की, कार्यालयको कामकाजमा अवरोध नगर्न भनिएको छ । अछामका पाँच दलले मङ्गलबार सदरमुकाम मंगलसेनमा प्रदर्शन गर्ने भएपछि सुरक्षा कायम गर्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

पीडित पक्षसहित अछामका पाँच दलले आइतबार र सोमबार जिल्लाका सवारीसाधन दुई दिन बन्द गराएका थिए । प्रहरी र आन्दोलनकारीबीचमा मङ्गलसेनमा झडपका क्रममा दुवै पक्षमा घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरिएको थियो ।

पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान निवासी १६ वर्षीय विनोद शाहीको हत्यारा कार्वाहीको माग गर्दै जेठ २१ बाट पीडित पक्षले आन्दोलन गरिरहेको छ । पीडित पक्षले एक महिना अघि १३ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । हत्याको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुखसहित सात जना प्रहरी हिरासतमा रहेका छन् । अन्य छ जना फरार रहेको बताइएको छ ।

जेठ १७ गते बेलुकाबाट बेपत्ता भएका विनोद पाँच दिनपछि पञ्चदेवल क्याम्पस नजिक मध्यपहाडी सडकभन्दा तल खोचमा मृत अवस्थामा फेला परेका थिए । जेठ २१ गते मृत फेला परेका शाहीका आफन्तले हत्यारालाई कार्वाही नभएसम्म शव रोकेका कारण जेठ २५ गते घटनास्थलबाट शव उठाइएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu