Connect with us
Kapilvast Forest

अर्थमन्त्रीको विषयमा संसदीय छानबिन समिति गठन होस् : उपसभापति खड्का

२०७९, २२ असार बुधबारमा प्रकाशित

काठमाडौं- नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको गठन हुनुपर्ने बताउनु भएको छ ।

उपसभापति खड्काले भन्नुभएको छ, बजेट निर्माणको बेलाको विषय समेतलाई जोड्ने संसद र आम जनमानसको गम्भीर चासोको विषय बनी सकेपछि यो विषयलाई बिश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । विगतमा पनि संसद्को यस्तो परम्परा छ बरु ढिलो नगरौँ आजै टुङ्गो लगाऔं ।

अर्थमन्त्री जर्नादन शर्माले बजेट निर्माण गर्दा करको दर हेरफेर गर्ने क्रममा बाहिरका केही व्यक्ति अर्थ मन्त्रालयमा बोलाएको भन्ने आरोप लाग्दै आएको छ। साथै अर्थ मन्त्रालयमा रहेको सिसी टिभीको फुटेज पनि १३ दिनमै नस्ट भएको प्रतिक्रिया अर्थ मन्त्रालयबाट आएपछि यस विषयमा संसद् र बाहिर पनि बहस भइरहेको छ । यसै सन्दर्भमा काँग्रेस उपसभापति खड्काले सामाजिक सञ्जालमार्फत संसदीय छानबिन समिति गठनको माग गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu