Connect with us
Kapilvast Forest

रास्वपाको पहिलो जिल्ला भेला चितवनमा, रवि भन्छन्: चितवनले उड्न पखेटा दिनेछ

२०७९, २२ असार बुधबारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवन जिल्ला भेला गर्दैछ । चितवनको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा दिउँसो १२ बजे रास्वपाले जिल्ला भेला गर्न लागेको हो । रास्वपाका सभापति रवि लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको देखिन्छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा २०७६ सालमा पक्राउ परेका लामिछानेलाई केही दिन चितवनमा राखिएको थियो । रविको रिहाइका लागि चितवनमा मानवसागर उर्लिएको थियो । असार ७ गते रास्वपा घोषणा गरेका रविले पहिलो भेला नै चितवनमा गर्न लागेका छन् ।

भेलाअघि भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले भने, ‘कठोर समयमा चितवन मलाई तकर्मका लागि बाटो देखायो । फलामे जन्जिर चिरेर बाहिरको संसारमा पखेटा फिँजाउन चितवनले सिकायो ।’

इमानको जग बलियो हुँदा जस्तोसुकै जंघार तर्न सकिन्छ भनि आत्मबोध पनि चितवनले गराएको उनको भनाइ छ । उनले भने, ‘त्यही चितवन हो मैले आफू हुनुको अर्थ थाहा पाएँ । जहाँ मैले आफूभित्रको संसार पनि थाहा पाएँ । म सम्झन्छु देशैभरिबाट चितवन आएको त्यो मानव सागर । आशा र भरोसाका एक–एक थोपा मिसिएर बनेको त्यो एक मानव सागर नै त थियो ।

फेरि मानव सागरमा तैरिन चितवन आउन लागेको लामिछानेले बताए । ‘ जसले मलाई मान्छेबाट असफल मान्छेको बाटोमा डोर्याएको थियो । त्यही मानव सागरमा तैरिन म फेरि चितवन आउँदैछु हामी बनेर ।’ चितवनले आफूहरुलाई उड्न पखेटा दिने लामिछानेले विश्वास व्यक्त गरे । ‘रिक्ता र सुक्खा आँखामा मुल भर्ने हाम्रो यो महाअभियान चितवन कोशेढुंगा हुनेछ,’ उनी भन्छन्, ‘हामीसँग जोडिएर पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्न चाहने धेरै हुनुहुन्छ । धेरैले पार्टी सदस्यता पनि लिसक्नुभएको छ ।

चितवनको सिसा कम्पलेक्स, सहिद चोक, धौलागिरी फेन्सी स्टोर टाडी चोक, कँडेल चिया पसल देवघाट, पुरानो राजेश होटेल हाकिम चोकमा रास्वपाको पार्टी सदस्यता लिन सकिने लामिछाने बताए । उनले भने, ‘सदस्यता लिएर हाम्रो राष्ट्र निर्माणको अभियानमा जोडिएर सँगै हिड्न तयार रहन चितवनका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु । अब हाम्रो भेट चितवनमा ।

रास्वपाले भातृसङ्गठन रहित सांगठनिक नीति बनाएको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि प्रकारको भातृसङ्गठन हुँदैन । युवा, महिला, मजदुर, किसान , पेशागत नेपाली, व्यवसायी, आदिवासी, दलित लगायत सबैको आवश्यकता र मागलाई पार्टीको मूल संरचनाबाटै उठाइन्छ ।

रास्वपाले नेपालीहरूलाई राजनीतिभन्दा आफ्नो कर्ममा तल्लिन हुन प्रोत्साहन गर्ने उनको भनाइ छ । ‘भातृ सङ्गठनहरूको निर्माण जुनसुकै उद्देश्यबाट भएपनि वर्तमान अवस्थामा त्यस्ता भातृसङ्गठनहरू राजनीति गर्ने थलो बनेका छन् । जबकी राजनीतिक पार्टीको मूल संरचनाबाटै राजनीति गर्न सम्भव छ’ उनी भन्छन्, ‘घरै पिच्छे नेता जन्माउने परिपाटीको अन्त्य गरि राजनीतिलाई सुसज्जित बनाउनु हाम्रो उद्देश्य हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu